मेस्सीले भिडियोमार्फत नेयमारलाई भावुक बिदाई दिए (भिडियो सहित )

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

एजेन्सी । ब्राजीलीयन फरवार्ड नेयमार बार्सिलोना छाडेर पिएसजी जाने पक्का भएसँगै स्टार फरवार्ड लियोनेल मेस्सीले नेयमारलाई भिडियोमार्फत भावुक बिदाई दिएका छन्। सन् २०१३मा बार्सिलोना आएका नेयमारले मेस्सीसँग बार्सिलोनामा रहेर सबै उपाधि जित्न सफल रहे।मेस्सीले सामाजिक संजाल इन्स्टाग्राममा नेयमारसँग मैदानभित्र बिताएका पलहरुलाई संगाल्दै एक भिडियो पोष्ट गरेका हुन्। उनले भिडियोसँगै एक सन्देश पनि लेखेका छन्।

मेस्सीले नेयमारलाई दिएको सन्देश यस्तो छस् ‘मेरो साथि, तिमीसँग यी वर्षहरु सँगै बिताउन पाउँदा म खुशी छु। तिम्रो जिन्दगीको नयाँ यात्राको लागि मेरो शुभकामना छ। हामी चाँडै भेट्ने छौं। धेरै धेरै माया।’ नेयमारले पनि उक्त सन्देशमा प्रतिक्रिया दिएका छन्। उनले मेस्सीलाई धन्यवाद दिंदै उनको साथ पनि धेरै याद आउने बताए।(साभार हाम्रो खेलकुद बाट)