रेफ्रीलाई हातले धकेलेका रोनाल्डो पाँच खेलको लागि प्रतिबन्धित

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

एजेन्सी । स्पेनिस सुपर कप अन्तर्गत क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा रातो कार्ड पाएका फरवार्ड क्रिस्टियानो रोनाल्डोले पाँच खेल घुमाउने भएका छन्। रोनाल्डोले खेलमा दोहोरो पहेंलो कार्डसँगै रातो कार्ड पाएपछि रेफ्रीलाई हातले धकेलेका थिए।
उक्त खेलको रातो कार्डको १ खेल र रेफ्रीलाई धकेलेका कारण ४ खेल जोडेर कुल ५ खेल प्रतिबन्ध लगाइएको हो। स्पेनिस फुटबल एसोसिएसनको नियम अनुसार रेफ्रीमाथी हात लगाउदा ४ खेलदेखी १२ खेलसम्म गुमाउने निश्चित हुन्छ । रेफ्री डी बुर्गोसले आफ्नो खेलपछिको प्रतिवेदनमा रोनाल्डोले धकेलेको पनि खुलाएका कारण उनले सजाय पाएका हुन्। ‘रातो कार्डको सामना गरेपछि रोनाल्डोले मलाई असहमतिमा धकेले’, रेफ्रीको प्रतिवेदनमा उल्लेख गरिएको थियो।