शुक्रबारदेखि काठमाडौंमा अन्डर १५ साफ च्याम्पियनसिप प्रतियोगिता हुने

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाण्डौ,१ भदौ ।शुक्रबारदेखि काठमाडौंमा अन्डर –१५ साफ च्याम्पियनसिप प्रतियोगिता सुरु हुने भएको छ । विहिबार पत्रकार सम्मेलनगरी प्रतियोगिताबारे जानकारी गराइएको हो । प्रतियोगितामा नेपालले उपाधि चुम्ने लक्ष्य लिएको छ । नेपालको लक्ष्य उपाधि भएको प्रशिक्षक सुनिल श्रेष्ठले बताए । उनले पहिलो पटक हुन लागेको अन्डर–१५ साफमा घरेलु मैदानको फाईदा उठाउँदै आफ्नो टोली विजयी हुने दावी पनि गरे । नेपाली टोलिका अधिकांश खेलाडी एन्फा एकेडेमीका छन । नेपाली टोलीका कप्तान रोशन थापामगरले लामो समयदेखिको तयारी रहेको र टिमका सबै सदस्यले राम्रो खेले उपाधि जित्न कुनै समस्या नरहेको बताए । प्रतियोगिताको उदघाटन खेल समूह ए का बंगलादेश र श्रीलंकाबीच हुनेछ । समूह बी मा रहेको नेपालले आफनो पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ ।