राष्ट्रिय फुटसल लिग बिहीबारदेखि

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाडौँ, १४ भदौ । अखिल नेपाल फुटबल संघ (एन्फा) एवं एन्फा फुटसल समितिको व्यवस्थापनमा पहिलो पटक राष्ट्रिय फुटसल लिग बिहीबारदेखि सुरु हुने भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलन उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फा फुटसल समितिका अध्यक्ष रमेश रायमाझीले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको खेल काठमाडौँको चपलीहाइटस्थित चौर क्रिएस्नल फुटसल सेन्टर र बौद्वस्थित स्तुपा स्पोर्टस हव फुटसल सेन्टरमा सञ्चालन हुनेछ । लिगमा विभिन्न १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले रु पाँच लाख तथा उपविजेताले रु दुई लाख पचास हजार पाउनेछ । उक्त प्रतियोगिताका लागि करिब रु ३० लाख खर्चमा लाग्ने आयोजकले जनाएको छ । लिग प्रतियोगिताबाट एएफसी फुटसल च्याम्पियनसिपका लागि खेलाडी छनोटसमेत गरिने आयोजकले जनाएको छ । एएफसी फुटसल छनोट प्रतियोगिता आगामी अक्टोबर १३ देखि २२ तारिखसम्म हुनेछ ।