हङकङलाई पराजित गर्दै नेपालले जित्यो एसिसी यू १९ एसिया कपको उपाधि

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाडौँ १ असोज । मलेसियामा जारी एसिसी यू १९ पूर्वी क्षेत्रको क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । यो जीतसंगै अब नेपालले मलेसियामा आयोजना हुने एसिसी यू १९ एसिया कपमा सहभागी हुन पाउने भएको छ । आज भएको फाइनल खेलमा हङकङलाई ५ वीकेटले पराजित गर्दै नेपाल बिजयी भएको हो । हङकङले दिएको ७७ रनको विजय लक्ष्य नेपालले जम्मा ५ वीकेटको क्षतिमा पूरा ग¥यो ।

नेपालका लागि सन्दिप सुनारले १९ तथा अनिल शाहले १६ रन बनाए भने आसिफ शेख १ रनमा सिमित भए । कत्पान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक २२ रन जोडे भने सुमित महर्जनले रनको खाता खोल्न सकेनन । प्रनित थापा मगरले १५ औं ओभरको तेस्रो र चौथो बलमा छक्का प्रहार गर्दै विजयी रन जोडेका थिए ।

जारी प्रतियोगितामा विना दवाब अघि बढेको नेपालका लागि आज सहाब आलमले ३, सन्दीप लामिछानेले ३ तथा कप्तान दीपेन्द्र र अनिल शाहले समान १ विकेट लिएपछि हङकङलाई ३२ं।१ ओभरमा ७६ रनमा अलआउट गरेको थियो ।