काठमाण्डौ,३० असोज । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल र हङकङबिच आज हुने भनिएको दोस्रो खेल पनि बर्षाका कारण रद्ध भएको छ । खेल हुन नसक्दा यसको प्रत्यक्ष असर नेपाली टोलीलाई परेको छ । अम्पायरले दुवै टोलीलाई एक एक अंक बाँड्ेकाले नेपाल डिभिजन टू मा घटुवा निश्चित भएको छ ।
सामुद्रिक आँधी (टाईफुन) का कारण आइतबारका लागि तय खेल आजको लागि सारिएको थियो ।।यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो ।हारसँगै नेपालको विश्वकप छनोटमा पुग्ने सम्भावना कमजोर भएको छ । अर्को वर्ष हुने विश्व कप छनोटमा पुग्नका लागि हङकङसँगको खेल महत्वपूर्ण थियो । छनोटमा पुग्नका लागि अंक तालिकाको शीर्ष ४ मा पर्नुपर्ने हुन्छ ।अब बाँकी तीन खेलमा नेपालले आफुले जितेर मात्र पुग्ने छैन अन्य खेलमा पनि आफु अनुकुलको नजिता निस्कनु पर्ने हुन्छ । च्याम्पियनसिपको अन्तिम तथा सातौं चरणमा नेपालले युएईसँग डिसेम्बरमा उसैको मैदानमा खेल्दैछ ।
विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेदरल्याण्ड्स १८ अंकसहित शीर्ष स्थानमा छ भने १६ अंक जोडेको पपुवा न्युनिगी दोस्रो, १५ अंकसहित स्कटल्याण्ड तेस्रो, १४ अंक पुर्याएको हङकङ चौथो र १२ अंक जोडेको केन्या पाचौं स्थानमा छ ।