काठमाण्डौ,१३ पुस । प्रमुख दल नेकपा एमालेको स्थायी कमिटि बैठक आज बस्दैछ । बालकोटस्थित अध्यक्ष केपी शर्मा ओलीको निवासमा दिउँसो १ बजे बस्ने बैठकमा नयाँ सरकार गठन,माओवादी केन्द्रसँगको एकता प्रक्रिया, राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रसभा निर्वाचन अध्यादेश र प्रदेश सभातर्फ समानुपातिकको सांसद चयन गर्ने बिषयमा छलफल हुने सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो । नयाँ सरकार अघि नै एकता प्रक्रियालाई अन्तिम चरणमा पुर्याउने बताएका दुबै दलले त्यसको खाका समेत तयार गर्ने तयारी गरेका छन् । आजै नभए भोली एकता संयोजन समितिको बैठक बसेर एकताको प्रक्रिया अघि बढाउने पनि सचिव ज्ञवालिले जानकारी दिनुभयो ।