सरकारले नेपाली क्रिकेट टोलीका सदस्यलाई जनही ३ लाख दिने

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

काठमाण्डौ,७ फागुन । विश्वकप छनोटमा पुग्न सफल नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई सरकारले ३–३ लाख रुपैयाँ दिने भएको छ । साथै यसमा मदन भण्डारी स्पोट्र्स एकेडेमीले एक–एक लाख रुपैयाँ थप्ने भएको छ । क्रिकेट खेलाडीहरुको सम्मानमा बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रशिक्षकसहित खेलाडीहरुलाई जनही ३–३ लाख दिने बताउनु भयो । यस्तै मदन भण्डारी स्पोट्र्स एकेडेमीका विनोद श्रेष्ठले सरकारले दिएको रकममा एकेडेमीले एकएक लाख थप गर्ने घोषणा गर्नु भएको छ ।