सन्दीप लामिछानेलाई सानिमा बैंकले थप दुई वर्ष प्रायोजन गर्ने

arjun Sports/खेलकुद , ७ वर्ष अगाडि

 

काठमाण्डौ,१० फागुन । नेपाली राष्ट्रिय क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई सानिमा बैंकले थप दुई वर्षको लागि प्रायोजन सम्झौता नवीकरण गरेको छ । इन्डियन प्रिमियर लिग आइपीएलमा छनोट हुने पहिलो खेलाडी बनेका सन्दीपलाई सानिमा बैंकले आज सम्मान गर्दै दुई वर्षको लागि सम्झौता थप गरेको हो ।
सानिमा बैंकका सिईओ भुवन दाहालले दुई वर्षको लागि सम्झौता नविकरण गरेको र सम्झौता रकम यसअघिको भन्दा दोब्बर रहेको बताउनु भयो । यसअघि मासिक २० हजार दिँदै आएकोमा अब बढाएर मासिक ४० हजार पुर्याएको दाहालले बताउनु भयो । सन् २०१६ मा बंगलादेशमा भएको यू–१९ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि क्रिकेट प्लेअर्स एसोसिएसन नेपालसँगको सहकार्यमा सन्दीपले सानिमा बैंकको साथ पाएका थिए ।