बुटवल ,२७ फागुन । नेपाल पुलिस क्लब २० औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । अएपिएफ क्लबलाई १–० ले हराउँदै पुलिस तिलोत्तमाको अन्तिम चारमा पुगेको हो । अब पुलिसले सेमिफाइनलमा आयोजक लाली रुपन्देही ११ को सामना गर्नेछ ।
देविनगरस्थित एन्फा टेक्निकल सेन्टरमा भएको खेलको ७२ औं मिनेटमा तेज तामाङले गोल गरेका थिए । उनी नै खेलको म्यान अफ दी म्याच घोषित भएका थिए ।पुलिसले यो सिजन दुई र एपिएफले एउटा उपाधि जितेका छन् ।

