जोशी सर्वोच्च फर्किए महाभियोग लगाउने नेकपाको चेतावनी

arjun Others/अन्य , ६ वर्ष अगाडि

 

संसदीय सुनुवाइबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीलाई सर्वोच्च अदालतको काममा फर्केमा नेकपाले महाअभियोग लगाउने चेतावनी दिएको छ। जोशीले बिदा समाप्त भएलगत्तै आफू सर्वोच्च फर्कने बताइरहेको समयमा नेकपाका सांसदहरुले जोशीलाई महाअभियोग लगाउने चेतावनी दिएका हुन् ।

संसदीय सुनुवाई समितीले अस्वीकृत गरेपछि उनी विदामा बसेका थिए । संसदीय सुनुवाइबाट अस्वीकृत भइसकेको व्यक्ति न्यायाधीशका लागि अयोग्य हुने नेकपाको तर्क छ। आजैदेखि उनी सर्वोच्चमा गएर नियमित काम गर्ने बताए पनि हाजिर भएका छैनन्। मिश्रले उनको नाममा मुद्दाको पेशी तोकेका छैनन्।

करिब एक वर्ष कार्यावधि रहेका जोशी मिश्रले अवकाश पाएपछि पुनः वरीयताको पहिलो नम्बरको न्यायाधीश हुनेछन्।मिश्रले पुस १८ गते पदबाट अवकाश पाउनेछन्।