संविधान संशोधनको दिन मतदानमा अनुपस्थित हुने पार्टीका सांसदसँग नेकपाले माग्याे स्पष्टीकरण

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Uncategorised , ४ वर्ष अगाडि

काठमाडाैं,२ असार । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधनको दिन प्रतिनिधिसभा बैठकमा भएको मतदानमा अनुपस्थित भएका सांसदहरुसँग स्पष्टिकरण मागेको छ ।

जेठ ३२ गतको संधिवान संशोधन विधेयक पारित गर्ने बेला नेकपाका हरिबोल गजुरेल, गोपाल बम, धनबहादुर बुढा र शिवकुमार मण्डल अनुपस्थित थिए ।

दलकाे सामान्य प्रक्रिया अनुसार नेकपा संसदीय दलले उनीहरुसँग अनुपस्थित हुनुको कारण सोधेको हो । संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको दिन नेकपामा चार सहित कांग्रेस र जसपाका पनि केही सांसद अनुपस्थित थिए ।