एसईईको नतिजा प्रकाशित,यसरी हेर्नुस् नतिजा

NewsBankNepal Latest Update , News/समाचार , Uncategorised , ५ वर्ष अगाडि

काठमाडौँ साउन २३ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा सार्वजनिक गरेको छ । आज बसेको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।

५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरेको हो ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको हो । मुलुकभरका विद्यालय हरुले ले विद्यार्थीको प्राप्तांक पठाएका थिए ।

www.see.gov.np,www.neb.gov.np,www.theconnectplus.com,www.see.edusanjal.comwww.see.ntc.net.np बाट एसईईको नतिजा थाहा पाउन सकिन्छ ।