टी–२० सिरिजको पहिलो खेलमा नेपालकाे जित

NewsBankNepal Sports/खेलकुद , ३ वर्ष अगाडि

दिपेन्द्र सिंह ऐरीको अविजित अर्धशतकीय पालिको सहयोगमा नेपालले शुक्रबार घरेलु टिम ओमानलाई ६ विकेटले पराजित गरेरे विजयी सुरुआत गरेको छ ।

नेपालले १ सय ३६ रनको लक्ष्य ३ बल अगाडि १ सय ३७ रन बनाउँदै पूरा गरेको थियो । दीपेन्द्रले ५३ बल खेली ८ चौका र १ छक्कासहित ७५ रन बनाए । उनीसँगैं अविजित रहेका शरद भेषावकरले ४ रन बनाए । २०१९ यता शरदको ट्वान्टी–२० अन्तर्राष्ट्रियमा यो पहिलो खेल हो 

ओमानको राजधानी मस्कटमा शुक्रबार सुरु प्रतियोगितामा यसअघि नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले १३५–६ को स्कोर बनाएको थियो ।

अल एमेरेट रंगशालामा ओमानबाट कप्तान जेशन मक्सुदले अविजित रहि सर्वाधिक ४३ रन बनाए । उनले ४१ बलको सामना गरी ४ चौका र १ छक्का प्रहार गरे । मोहम्मद नदिमले ३० बल खेली २ चौका प्रहार गरी ३१ रन बनाए ।

नेपालबाट अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा २६ रन खर्चे । कप्तान सन्दीप लामिछाने, कमलसिंह ऐरी र आरिफ शेखले १–१ विकेट लिए । सन्दीपको नेपालको कप्तानको रुपमा यो पहिलो खेल हो ।नेपालले शनिबार युएईसँग खेल्ने छ ।