काठमाडौं, चैत्र २३ । स्वयँभू रन प्रतियोगिताको ५औ सँस्करण आगामी चैत्र २६ हुने भएको छ । ‘स्वस्थ रहनका लागि दौड’ नारा दिइएको प्रतियोगिता स्वयंभू एथलेटिक्स ट्रेनिङ्ख सेन्टर क्लबले आयोजना गर्न लागेको हो । ५ किलोमिटर दुरी निर्धारण गरिएको दौड काठमाडौंको स्वयंभू स्थित भुईंखेल चौरबाट शुरु भएर स्वयंभू परिक्रामा गरी सम्पन्न हुनेछ । पुरुष तथा महिला खेलाडी सहभागी हुने दौडमा खुल्ला तर्फ ५ किमी तथा १३ वर्ष मुनिका खेलाडिलाई २.५ किमी दुरी निर्धारण गरीएको स्वयंभू एथलेटिक्स ट्रेनिङ क्लबका अध्यक्ष तथा प्रमुख प्रशिक्षक रमेश सुनारले जानकारी दिएका छन । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडिहरुलाई क्रमश ५ हजार, ३ हजार र २ हजार नगद तथा ट्रफि र प्रमाण पत्र प्रदान गरिने पनि प्रशिक्ष सुनारले बताएका छन ।

