बाटो नबनेपछि स्थानिय आन्दोनमा, फोहोर उठ्न छाड्याे

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , Uncategorised , न्युज बैंक बिषेश , २ वर्ष अगाडि

काठमाडौं -१५, वैशाख २०७९

काठमाडौ महानगर लगायत १८ वटा नगरको फोहोर फालिने सिसडोलमा फोहोर लिएर जाने सवारी साधन गुड्ने पासाङ्ग ल्हामु राजमार्गको सडक नबन्दा स्थानिय फेरी आन्दोलनमा उत्रिएका छन् ।
बिगतको आन्दोलनमा भएको सहमती अनुसार तुरुन्त बाटो कालोपत्रे गर्नु पर्ने मागका साथ गत ११ गते देखी स्थानियले फोहारका गाडी तथा अन्य ठूला सवारीलाई प्रवेश निषेध गरेका छन् । फाहोेरको गाडी रेकिएपछि काठमाडौमा फोहोर उठ्न छोडेको छ ।

पासाङ्ग ल्हामु राजमार्ग सुधार संघर्ष समितिले गरिरहेको आन्दोलन एवं मागका बिषयमा बुधबार प्रमुख जिल्ला अधिकारीको कार्यलयमा सरोकारवाला सबैको उपस्थितीमा छलफल भएको थियो । छलफलका क्रममा सो राजमार्गको ठेक्का पाएको सैलुङ्ग कन्ट्रक्सनका प्रतिनिधीले बिहिबार देखीनै काम शुरु गर्ने प्रतिबद्धता जनाएपनि काम शुरु नगरेपछि आन्दोनल थप सशक्त बनाउने स्थानियले निर्णय गरेका छन् ।

पासाङ्ग ल्हामु राजमार्ग