ज्ञानेन्द्र शाही जुम्लाबाट चुनावमा उठ्ने

NewsBankNepal Uncategorised , ४ वर्ष अगाडि

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले जुम्लाबाट प्रतिनिधि सभा सदस्य निर्वाचन लड्ने घोषणा गरेका छन् ।एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्र गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए । 

उनलाई समर्थकहरूले काठमाडौं २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव दिएकाे भए पनि उनले जन्मभूमि जुम्लालाई नै रोजेका हुन् ।  उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् ।

भ्रष्टाचार र बेथितीविरुद्ध आवाज उठाउँदाउठाउँदै चर्चामा आएका शाही २०७८ फागुन ६ गते उनी राप्रपामा प्रवेश गरेका थिए । राप्रपाका पाँच जना प्रवक्ता मध्येका एकजना शाही पनि हुन् ।