नेपाल साफ च्याम्पियनशिपबाट बाहिरिएको छ ।शनिबार राति ब्याङ्लोरस्थित श्री कान्तिरभा रङ्गशालामा भएकाे खेलमा भारतले नेपाललाई २-० गोल अन्तरले पराजित गरेको थियाे।
खेलको ६१औं मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गरेका थिए। त्यसको नौ मिनेटपछि नोरेम महेश सिंहले भारतका लागि गोल थपेका थिए। त्यससपछि नेपालले प्रयास गरे पनि गोल गर्न सकेन।
यो जितसँगै भारतको ६ अंक भएको छ। त्यस्तै, दुई खेल जितेको कुवेतको पनि ६ अंक छ। दुवै टोली सेमिफाइनलमा पुगेका छन्।
नेपाल र पाकिस्तान दुवै टोली प्रतियोगिताबाट बाहिरिएका छन्।लिग चरणको अन्तिम खेलमा मंगलबार नेपाल र पाकिस्तान प्रतिस्पर्धा गर्नेछ।