भारतले जित्यो काभा महिला भलिबलको उपाधि

Bhim Thapa Sports/खेलकुद , १ महिना अगाडि

काठमाडाै । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिग भलिबलको उपाधि भारतले जितेको छ । बुधबार राष्ट्रिय खेलकुद परिषद्‌को कभर्ड हलमा भएको खेलमा भारतले नेपाललाई पराजित गरेको हो ।

पहिलो सेटमा निकै राम्रो सुरूवात गरेको नेपाल चौथो सेटबाट भारतसँग रक्षात्मक भएको थियो । अन्तिम पाँचौं सेटमा पुगेर भारतले नेपाललाई हरायो ।
नेपाल इरानलाई सेमिफाइनलमा पराजित गर्दै फाइनलमा पुगेको हाे भने भारत श्रीलंकालाई पराजित गर्दै फाइनल पुगेको थियो ।