काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई कार पुरस्कार दिइने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि हुन लागेको पहिलो संस्करणको एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले कार प्रदान गर्ने भएको हो ।
राजधानीमा आज पत्रकार सम्मेलन गरी क्यानले ओमोडाको आधिकारिक विक्रेतासँग सम्झौता गरेको हो । क्यानका सचिव र क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का र ओमोडाको आधिकारिक विक्रेता एसजीपी आटोमोबाइल्सका निर्देशक गौरव शारडाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
निर्देशक शारडाले ओमोडा एन्ड जेइको र एनपीएलबीचको सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासमा टेवा पुर्याउने बताए ।