काठमाण्डाै,१२ चैत । ‘शत्रु गते’ मुलुकका एक सयभन्दा बढी सिनेमा घरमा एक साथ प्रदर्शनमा आएको छ ।प्रदीप भट्टराईद्वारा निर्देशित कमेडी जनराको चलचित्रमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको अभिनयलाई धेरैले मन पराएको पाइएको छ । साथै, दीपकराज गिरी, दीपाश्री निरौला, प्रियंका कार्की, पल शाह र आँचल शर्माको क्रेज दर्शकमा धेरै देखिएको छ । चलचित्रका प्रस्तुतकर्ता किरण केसीका अनुसार ‘शत्रु गते’ले पहिलो दिन ७२ लाख, दोस्रो दिन एक करोड ४३ लाख र तेस्रो दिन एक करोड १२ लाखको कारोबार गरेको थियो ।
नेपालमा राम्रो कारोबार गरेको ‘शत्रु गते’ अब अमेरिकामा पनि प्रदर्शनमा आउने भएको छ । चलचित्रलाई अमेरिकामा अहिलेसम्मकै सबैभन्दा बढी ५० शो उपलब्ध गराइएको निर्देशक भट्टराईले जानकारी दिएका छन् । आगामी १ देखि १५ अप्रिलसम्म अमेरिकामा ‘शत्रु गते’ प्रदर्शनमा आउने भएको छ ।