काठमाडौँ ,२८ चैत । मिस नेपाल– २०१८ को उपाधि श्रृंखला खतिवडाले जितेकी छन् ।हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् । यस्तै गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भईन ।ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए ।

