अभिनेत्री मनिषा ‘दादा साहेब फाल्के’ अवार्डबाट सम्मानित

arjun Entertainment/मनोरञ्जन , ८ वर्ष अगाडि

 

काठमाडौं । अभिनेत्री मनिषा कोइरालालाई भारत सरकारले ‘दादा साहेब फाल्के अवार्ड २०१८’ बाट सम्मानित गरेको छ।भारतीय सिनेमा क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई दिइने ‘दादा साहेब फाल्के अवार्ड’ भारत सरकारले वार्षिक रुपमा दिने प्रतिष्ठित पुरस्कारमध्ये एक हो ।

मनिषा कोइरालाले भारतीय चलचित्र क्षेत्रमा दिएको योगदानको कदरस्वरुप उनलाई ‘मस्ट भर्सटाइल एक्ट्रेस’ विधामा उक्त पुरस्कार दिइएको हो।भारतको मुम्बईमा गएराति आयोजित कार्यक्रममा सन् २०१८ को दादा साहेब फाल्के अवार्ड वितरण गरिएको हो। यो पुरस्कार दादा साहेब फाल्केको जन्म शताब्दी वर्ष सन् १९६९ देखि सुरु भएको हो।