काठमाडौं ।फिल्म ‘शत्रु गते’ले प्रदर्शनको ५१ औँ दिन पार गरेको छ। सोही अवसर पारेर निर्माण युनिटले एक कार्यक्रमको आयोजना गर्दै खुसीयाली साटेको छ। निर्माण पक्षले रात्रि भोजको आयोजना गर्दै फिल्म टिम, फिल्मकर्मी र मिडियाकर्मीसँग खुसीयाली साटेको हो। इमाडोलस्थित इन्द्रेणी ब्यान्केटमा आयोजित कार्यक्रममा फिल्म युनिटले सहयोगीलाई मायाको चिनोसमेत प्रदान गरेको थियो।
सफलता सेलिब्रेसन कार्यक्रममा धेरै फिल्मकर्मी, पत्रकार तथा आफन्तहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा अभिनेता शिव श्रेष्ठ, दीलिप रायमाझी, केशव भट्टराई, संगीतकार शम्भुजित बास्कोटा, सञ्चारकर्मी रवी लामिछाने, नरेश भट्टराई, चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटा, चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदय, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीलगायतको उपस्थिति रहेको थियो।

