‘कथा काठमाण्डू’ को पहिलो गीत सार्वजनिक, प्रियंका र प्रमोदको बोल्ड सिन

arjun Entertainment/मनोरञ्जन , ८ वर्ष अगाडि

 

काठमाण्डौ । फिल्म ‘कथा काठमाण्डू’ को पहिलो गीत सार्वजनिक भएको छ । प्रदीप बास्तोलाको शब्द तथा संगीत रहेको रातको कुरा बोलको गीतमा गायिका इन्दिरा जोशीले स्वर भरेकी छन् । उक्त गीतमा नायिका प्रियंका कार्कीले अहिले सम्मकै बोल्ड सिन प्रस्तुत गरेकी छिन । त्यसमा अभिनेता प्रमोद अग्रहरी पनि भरपुर खुलेका छन । गीतले साँझ हुने राजधानीको बेथितीलाई चित्रण गरिएकाे छ ।

संगीता श्रेष्ठ निर्देशित फिल्म ‘कथा काठमाण्डू’ को यो गीतमा निर्देशक स्वयंको कोरियोग्राफी छ भने उनले नै फिल्मको कथा लेखेकी हुन ।आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक श्रेष्ठले गीतमा प्रियंका र प्रमोदलाई खुल्न गाह्रो नभएको बताइन् । विजय राइको निर्माणमा तयार भएको यो फिल्ममा लुजा सिंहको छायांकन छ ।फिल्ममा प्रियंका र प्रमोदका अलावा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्षा अधिकारीको मुख्य भूमिका रहेकाे छ ।