गायिका इन्दिरा जोशीले गरिन् ‘सुटुक्क’ इन्गेजमेन्ट

NewsBankNepal Entertainment/मनोरञ्जन , ४ वर्ष अगाडि

काठमाडाैं । नेपाली गायिका इन्दिरा जोशीले ‘सुटुक्क’ इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् ।इन्दिराले यसअघि आफू प्रेममा रहेको बताए पनि प्रेमीको नाम खुलाएकी थिइनन् । 

यिनले इन्गेजमेन्ट गरको भिडियो अहिले टिकटकमा भाइरल भइरहेको छ । अहिले इन्गेजमेन्ट गरेको कुरा पनि उनी आफैंले भने औपचारिक रूपमा सार्वजिनक गरेकी होइनन् ।

उनीहरूले इन्गेजमेन्ट गरेको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा राखेपछि वास्तविकता सार्वजनिक भएको हो । क्याप्टेन थापाले भिडियोको क्याप्सनमा लेखेका छन्, ‘दुवै जनालाई उज्वल भविष्यको कामना !’उनीहरु दुवै लामो समयसम्म प्रेममा रहेका थिए ।