हेल्लो नेपालले सार्वजनिक गर्यो राइको ‘तुवाचुङ ‘

Dipak Pudasaini Entertainment/मनोरञ्जन , ३ वर्ष अगाडि

काठमाडौं १३ चैत्र । मिना राईको नयाँ म्युजिक भिडीयो सार्बजिक भएको छ । दर्जनौ स्रोता रुचिको गीत गायर आम स्रोताको मनमुटुमा बस्न सफल गायिका मिना राईको नयाँ भिडियो हेल्लो नेपाल अनलाइन टिभीबाट सार्वजनिक भएका हो । पुर्वको हलेसी तुवाचुङ नगरपालिकाका केहि महत्वपूर्ण स्थानहरुमा छायांकन गरिएको भिडियोमा गायिका मिना राई र गायक संगीतकार निराजन राईले अभिनय गरेको छन । सेरालुङ्छा चाम्लिङको शब्द, निराजन राईको संगीत, गंगाराम राईको छायांकन रहेको ‘तुवाचुङ’ आफ्ना अघिलल्ला भिडियोहरु जस्तै सफल हुनेमा राई विश्वस्त छिन ।