एजेन्सी। बलिउड अभिनेता इरफान खान र अभिनेत्री दीपिका पादुकोण एक फिल्मको छायांकनका लागि नेपाल आउने भएका छन। ुओमकारा , हैदर,रंगुनु जस्ता फिल्म बनाएका विशाल भारद्वाजको निर्देशनमा बन्न लागेको फिल्मको केही दृश्यको छायांकनका लागि उनीहरु नेपाल आउने भएका हुन्। छायांकन मार्च ५ बाट सुरु हुने भारतीय मिडिया मुम्बई मिररले उल्लेख गरेको छ। फिल्मको नाम भने खुलाइएको छैन, यद्पी सो फिल्ममा दीपिका पादुकोणले लेडी डन राहिमा खानको भूमिका निर्वाह गर्नेछिन्। यसैगरि सलमान खान, ज्याकलिन फर्नान्डिज लगायतका बलिउड स्टारहरु पनि लाइभ इन नेपालु कन्सर्टका लागि नेपाल आउँदै छन्।

