टोडलर्सको ‘विन्टर कार्निभल’मा उल्लेख्य सहभागिता

Bhim Thapa Entertainment/मनोरञ्जन , Others/अन्य , ५ वर्ष अगाडि

काठमाडाै । काठमाडौंको बौद्ध-तीनचुली स्थित टोडलर्स् इन्टरनेश्नल प्रि स्कुलले गत शनिबार ‘विन्टर कार्निभल‘को आयोजना गर्याे।


आफना स–साना नानीहरुकाे जाडो विदाकाे सदुपयोग गर्नका लागि आयोजना गरिएको कार्निभलमा विभिन्न टिभी शोहरुमा देख्ने गरेका आश्चर्य लाग्दा जादू, हास्यकलाको जमघट, चर्चित कार्टुन मोटु पतलुका पात्रहरुलाई आफ्नै स्कुलको प्राङगढमा देख्न र छुन पाउँदा उनीहरु निकै उत्साहित देखिन्थे ।

त्यसो त जाडो बिदामा घरमानै बसेका वरपरका स्कुलका भाईबहिनीहरुले समेत कार्निभलको मज्जा लिए । सधै आफू मात्रै स्कूलमा जाने गरेका स साना केटाकेटीहरु त्यसदिन आफना बाबा-ममीहरु पनि साथमा भएपछि त उनीहरुमा खुशीको सिमै रहेन ।

अहिलेका केटाकेटीहरु फुर्सद भएकी टिभी या माेबाइलबाट एक छिनपनि आँखा दायाँबायाँ लगाउँन खोज्दैनन् । यसमा पनि स्कुल बिदा भएपछि त झन के चाहियाे र ? यस्ताे बानीव्यहोराले बालबालिकाहरु शारिरीक तथा मानसिक रुपमा निस्क्रिय समेत हुन सक्ने भएकाले केही समयका लागि भएपनि त्यस्ता डिभाइसहरूबाट ध्यान अन्यत्र केन्द्रित गर्न कार्निभलको आयोजना गरिएको स्कुलका प्रिन्सीपल सुवास लामाले बताए ।

चर्चित हास्य कलाकारहरु रवि डंगोल, कुमारमणि गजुरेल, वृन्दा खतिवडा लगायतको प्रदर्शन पनि कार्निभलको विशेष आर्कषण रह्यो । बालबालिकाको अभिनय गर्दै उनीहरुलाई नियमित होमवर्क गर्न, धेरै मोबाइल नचलाउन उत्प्रेरित गरेका थिए ।

कार्निभलमा हर्स राइडिङ, फेस पेन्टिङ सहित अन्य विविध रोमाञ्चक खेलमा विद्यार्थी सहित अभिभावकहरु समेत उत्साहपूर्वक सहभागी भए । कार्टुन तथा मस्कटहरुको प्रदर्शनी, म्याजिक शो ले पनि स–साना नानीहरुको ध्यान खिचेंको थियो ।

कार्निभलमा कपडा, हस्तकला र फुड स्टलहरु समेत राखिएका थिए । ती मध्ये फुड स्टलबाट संकलित रकम भने परोपकारी संस्था कमन इफोर्ट नेपाल मार्फत् गरिब तथा जेहन्दार विद्यार्थीहरुका निम्ती खर्च गरिने लामाले बताए ।

एक औपचारीक कार्यक्रमबीच उद्घाटन गरिएको कार्निभलमा स्कुलका प्रबन्ध निर्देशक गजेन्द्रकुमार लामाले टोर्डलस् स्कुलले गुणस्तरीयतामा कहिल्यै सम्झौता नगर्ने धारणा राखे ।

यस्तै, एकेडेमीक डाइरेक्टर रञ्जन प्रधानले स्कुलको विविध पक्षबारे जानकारी दिइन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष दिपेन्द्र लामाले विद्यालयहरुले पठन–पाठनसँगै अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए ।

सन् २०१२ मा स्थापना भएको यस स्कुलमा अनुभवी शिक्षिकाहरुबाट मेन्टेश्वरी विधिमा पारिवारिक वातावरण सहित कक्षा १ सम्म पठन पाठन हुँदै आएकोछ ।

यस स्कुलमा अत्याधुनिक भवन सहित, खुल्ला खेल मैदान, फराकिलो बगैंचा,सुविधा सम्पन्न ल्याब, किचेन, डाइनिङ हल, पर्याप्त खेल सामाग्री, संगित तथा कम्प्युटर ल्याब, यातायात सेवा, प्रदर्शनी हल सहित अन्य सबै खाले भौतिक पूर्वाधारको राम्रो व्यवस्था छ ।