मलाइका-अर्जुन बिहे गर्दै

Bhim Thapa Entertainment/मनोरञ्जन , ५ वर्ष अगाडि

मलाइका अरोडा तथा अर्जुन कपुरबीच विवाह हुने पक्का भएको छ । उनीहरु आगामी मार्चमा विवाह गर्ने तयारीमा छन् । मलाइका विवाहका लागि राजी भैइसकेकी छिन् ।भने अर्जुने विवाहको तयारी समेत थालेका छन् ।

अभिनेता अर्जुन धुमधामका साथ विवाह गर्न खोजेका छन् भने मलाईकाले भने गुपचुपमा विवाह गर्ने सोच बनाएकी छिन् । स्रोतका अनुसार उनीहरुको विवाह पक्का भए पनि कसरी कहाँ र कुन तयारीकाले विवाह सम्पन्न गर्ने कुराको निर्णय भने भैइसकेको छैन ।

उनीहरु आफनो प्रेसलाई लुकाउन खोज्थे । अब उनीहरु विस्तारै थप खुल्दै गएका छन् । उनीहरु पछिल्ला केही महिना सँगै चलचित्र हेर्ने र लङ ड्राइभमा पनि निस्कने गरेका छन् ।