दीपक मनाङगे अब फिल्म निर्माता पनि….

Bhim Thapa Entertainment/मनोरञ्जन , ५ वर्ष अगाडि



काठमाडाैं,१७ भदाै ।गुन्डा नाइकेबाट विस्तारै सांसद भई छवि सुधारमा लागेका मनाङेले अहिले पुन: आफ्नो परिचय बदलेका छन्। उनी आफ्नो परिचयलाई विविधता दिने भन्दै फिल्म निर्माणमा समेत हात हालेका छन्।

हो मनाङेले परिचय बदलेको अर्थात् नेपाली फिल्म ‘पोई पर्यो काले’ को निर्माता बनेर फिल्मी क्षेत्रमा पाइला राखेका छन्। मनाङे निर्माता रहेको यो फिल्म कात्तिक ८ गतेलाई प्रदर्शनको मित तय गरेको छ। उसो त ‘पोई पर्यो काले’को फस्टलुकसमेत सार्वजनिक भइसकेको छ। यही फस्ट लुकको पोस्टरमा निर्मातामा राजीव गुरुङ (दीपक मनाङे) र सरोज नेपालीको नाम रहेको छ।

शिशिर राणाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मा सौगात मल्ल, आकाश श्रेष्ठ, सोहित मानन्धर, पूजा शर्मा, श्रृष्टि श्रेष्ठको अभिनय देख्न सकिन्छ।

फस्टलुकले फिल्म पारिवारिक कथामा बनेको संकेत दिन्छ। किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्मको कार्यकारी निर्माता भने अमलादेवी राई छिन्। फिल्ममा शिव ढकालको छायांकन, लालबहादुर खाती र अर्जुन पोखरेलको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य, तारा थापाको सम्पादन छ।