‘पासवर्ड’ को प्रचार गरेर सनी लियोन स्वदेश फर्किइन्

Bhim Thapa Entertainment/मनोरञ्जन , ५ वर्ष अगाडि

काठमाडौं । नेपाली फिल्म पासवर्डको एउटा गीतमा ठुम्का लगाएकी बलिउड अभिनेत्री सनी लियोनी स्वदेश फर्केकी छिन् । आफू अभिनीत फिल्म ‘पासवर्ड’ को प्रिमियर र प्रोमोसनका लागि उनी गत बिहीबार नेपाल आएकी हुन् ।

बिहीबार दिउँसो सबा ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्यान्ड भएकी उनलाई फिल्म पासवर्ड टिमले स्वागत गरेको थियो । एयरपोर्टबाट हायात होटेल पुगेर केही समयको वि श्रामपछि सन्नी पासवर्डको प्रिमियरमा सहभागी हुन कुमारी हल पुगेकी थिइन् ।

सम्राट बस्नेत निर्देशित ‘पासवर्ड’ मा अनुपविक्रम शाही, विक्रम जोशी, सन्नी लियोनी, बुद्धि तामाङ, रवीन्द्र झा, प्रवीण खतिवडा, धीरेन शाक्य, लिजा सुनार, परी राना, छुल्ठिम गुरुङ, एभरेस्ट सूर्य बोहरालगायतका कलाकारको अभिनय छ ।

बेलायतमा छायांकन भएको फिल्मको गीत पनि उतै खिचिएको हो । ‘पासवर्ड’ भदौ २७ देखि अल नेपाल रिलिज भएकाे छ ।