रातो टिका निधारमा’को शीर्ष गीत सार्वजनिक

Bhim Thapa Entertainment/मनोरञ्जन , ५ वर्ष अगाडि

काठमाडाैं ।अशोक शर्माको निर्देशन रहेको फिल्म ‘रातो टिका निधारमा’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो ।

दशक अगाडि निर्माण भएको अशोककै सुपरहिट फिल्म ‘अल्लारे’को गीत ‘रातो टीका निधारमा टलक्क टल्कियो’ लाई रि एरेञ्ज गरेर यो फिल्ममा शीर्ष गीतको रुपमा राखिएको हो । संगीतकार
शम्भुजित बाँस्कोटाले रिमेकमा पनि पुरानो गीतको मर्म मर्न दिएका छैनन् ।

पहिले यो गीत उमेश पाण्डे र रमना श्रेष्ठले स्वर दिएका थिए । अहिले भने यो गीतमा प्रमोद खरेल र गायिका मेलिना राईले स्वर छ । गीतको पहिले र अहिले संगीत शम्भुजित बाँस्कोटाले गरेका हुन् ।

प्रमोद र मेलिनाको स्वरले मन्त्रमुग्ध बनाउँछ । संगीतकार बाँस्कोटाले पुरानो गीतको मर्म मर्न दिएका छैनन् । गीतको भिडियो भने औसत छ । कोरियोग्राफर वसन्त श्रेष्ठले गीतको भावअनुसार कलाकारलाई प्रस्तुत गर्न नसकेको देखिन्छ ।

शहदेव ढुंगानाको शब्द रहेको यो गीतमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नवअभिनेता अंकित शर्माको नृत्य देख्न सकिन्छ ।  यो गीतको पुरानो भर्सनमा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धरले ठुम्का लगाएका थिए ।