नायिका केकी अधिकारी चढेको गाडी दुर्घटना:अवस्था सामान्य

Bhim Thapa Entertainment/मनोरञ्जन , ५ वर्ष अगाडि

राैतहट । नायिका केकी अधिकारी चढेको गाडी दुर्घटनामा परेको छ । छायाँकनको लागि हिडेको बा २० च ५४१० नम्बरको स्कोर्पियो जीप रौतहटको कटहरिया १ स्थित सडकबाट करिब ६ फिट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परेका नायिका अधिकारी लगायतका अन्यको अवस्था भने सामान्य रहेकोछ ।

तिब्र गतिमा रहेको उक्त गाडी बाटोमा एक्कासि मोड आएपछि बिहान २ बजे दुर्घटनामा परेको थियो । दुर्घटनापछि अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस राखेकी छिन् । उनले लेखेकी छिन, ‘हिजो राति २ बजे तिर हामी छायांकनको लागि रौतहट जाने क्रममा सवारी दुर्घटनामा पर्यौ तर हामी सबै सकुशल छौँ । यहाँहरुको मायाको लागि धेरै धन्यवाद ।’

गाडीमा रहेका नेपाली फिल्म निर्देशका पुर्नेन्दु झा, नायिका अधिकारी, नेपाली मोडेल रचना शिवाकोटी ,फिल्म छायाँकार आलोक सुक्ला, कलाकार विजय यादव निर्बिज, चालक सुजन पोखरेल लगायत मध्ये केही समान्य घाइते भएका छन् । दुर्घटनामा परेको गाडीमा ठुलो क्षति पुगेकाे छ ।