स्वर्गीय नारायणगोपालका चार उत्कृष्ट गीतकार काे-काे हुन् ?

Bhim Thapa Entertainment/मनोरञ्जन , ३ वर्ष अगाडि

काठमाडाैं । नारायणगोपालका चार उत्कृष्ट गीतकार बीसको दशक देखि नै चर्चाको शिखरमा थिए नारायणगोपाल । तर जति नै लोकप्रिय भएपनि उनी संचार माध्यमहरूबाट भने टाढै रहन्थे । अन्तरवार्ताका लागि उनलाई मनाउन धेरै सकस हुन्थ्यो ।

त्यसलै उनका अत्यन्त कम अन्तरवार्ता मात्र उपलब्ध छन् । अन्तरवार्तामा पनि उनी कुटनीतिक शैलीमा प्रस्तुत हुन्थे । अर्थात्, ‘मलाई मेरो यो गीत सबैभन्दा बढी मन पर्छ, मेरा मन पर्ने गायक गायिका फलानो’ भनेर उनी विरलै नाम लिन्थे । तर २०४६ साल मंसिरमा नेपाल टेलिभिजनको मुखपत्र ‘टेलिपत्र’मा लाई दिएको अन्तरवार्तामा उनले निकैबेर सोचेर आफूलाई मनपर्ने चार गीतकारको नाम उल्लेख गरेका छन् ।

गीत छान्ने मामिलामा अत्यन्त ‘चुजी’ मानिने नारायण गोपालले नाम लिएका ती गीतकारहरू थिए हरिभक्त कटुवाल (मलाई नसोध कहाँ दुख्छ घाउ…. र पोखिएर घामको झुल्का…)कालिप्रसाद रिजाल (केही मिठो बात गर…., झरेको पात झै….माया गर्नेको……आखाँ छोपी नरोउ भनी……लगायत) भीम विराग ( आज भोलि हेरक साँझ…, तिमीले पनि म जस्तै…. ) र दिनेश अधिकारी ( यो सम्झिने मन छ…र तिमी जुन रहरले म मा…..) नारायणगोपालका घनिष्ठ मित्र डाक्टर धुव्रचन्द्र गौतम र लोकेन्द्र शाहले उक्त अन्तरवार्ता लिएका थिए । साभार पत्रकार निर्मल अर्यालकाे फेसबुकबाट