बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिए

NewsBankNepal Entertainment/मनोरञ्जन , २ वर्ष अगाडि

काठमाडाैं । कलाकार बुद्धि तामाङ वैवाहिक सम्बन्धमा बाँधिएका छन् । शुक्रबार भक्तपुर कौशलटारस्थित एक पार्टी प्यालेसमा बुद्धिले मकवानपुरकी अनु थिङसँग तामाङ परम्पराअनुसार विवाह गरेका हुन् ।अनु र बुद्धिको मागी विवाह भएको हो ।

विवाहमा दुवै पक्षका परिवारका सदस्यहरू, आफन्त तथा नजिकका साथीहरू र केही कलाकारहरूसमेत सहभागी थिए ।   ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता थुप्रै हिट चलचित्रमा अभिनय गरेका बुद्धि ‘हैट’ उपनामले पनि चर्चित छन् ।