नेपाली काँग्रेसले दोस्रो चरणको निर्वाचनमा ३५ जना केन्द्रिय नेतालाई जिल्लामा खटाउने (नाम सहित)

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,५ असार । नेपाली कांग्रेसले स्थानीय तह दोस्रो चरणको चुनावमा ३५ जना केन्द्रीय नेतालाई जिल्लामा खटाउने भएको छ । केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलको संयोजकत्वमा बसेको बैठकले असार १४ गते हुने चुनावका लागि विभिन्न जिल्लामा जान निर्देशन दिएका हुन् ।

कांग्रेसले भीमसेन दास प्रधान ताप्लेजुङ, रामशरण महत इलाम, विमलेन्द्र निधिलाई मोरङ जान खटाएको छ। यस्तै गगन थापालाई दार्चुला,प्रकाशमानसिंह लाई शंखुवासभा र प्रदिप पौडेललाई बझाङ खटाएको छ ।यस्तै बैठकले प्रदेश नं. १, ५ र ७ को निर्वाचनको अनुगमन गर्नका लागि केन्द्रीय सदस्य डा. प्रकाश शरण महतको संयोजकत्वमा केन्द्रमा ‘निर्वाचन अनुगमन कार्यदल’ गठन गरेको छ । उक्त कार्यदलको सदस्यहरुमा महालक्ष्मी उपाध्याय ‘डिना’, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, चिनकाजी श्रेष्ठ र पूर्व केन्द्रीय सदस्य दिलबहादुर घर्ती रहेका छन ।

congress