दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकियो, २० मतपत्र गायब

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

डोटी, १९ असार । दीपायल सिलगढी नगरपालिकाको मतगणना रोकिएको छ । सो नगरपालिकाको १ नं वडादेखि ८ नं वडासम्म मतगणना भइसकेको थियो ।

९ नं वडाको मतगणना रोकिएको छ । ९ नं वडाका ३ वटाबुथका २० वटा मतपत्र गणना गर्दा नभेटिएपछि मतगणना रोकिएको मुख्य निर्वाचन अधिकृत नरनारायण पौडेलले बताए  । सो वडामा जम्मा एक हजार ८८ मत खसेका थिए त्यसमध्ये २० वटा मतपत्र हराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडा नं ८ सम्मको मतगणना भइसक्दा नेपाली काँग्रेसका प्रमुखका उम्मेदवार विजय खड्का (बाजी) ले तीन हजार ८५७ मत प्राप्त गरेका छन्  भने उपप्रमुखमा प्रोसिस महराले तीन हजार ७८३ मत प्राप्त गरे  ।

नेकपा (एमाले)की प्रमुख उम्मेदवार मन्जु मलासीले तीन हजार ८७२ मत प्राप्त गर्नुभएको छ भने उपप्रमुखमा शिवराज खड्काले चार हजार ४६ मत प्राप्त गरेका छन्