इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित, रास्वपाको जमानत जफत

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , ३ हप्ता अगाडि

काठमाण्डौ, १८ बैशाख । इलाम–२ मा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले पराजित गर्दै नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका छन् ।

विजयी नेम्वाङले २७ हजार ७ सय ७२ मत प्राप्त गरेका छन भने उनलाई पच्छयाएका खड्काले २१ हजार ९ सय ४२ मत प्राप्त गरे ।

त्यसैगरी तेस्रोमा पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४ सय ५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बुले ५ हजार ५० मत ल्याए । मङ्गोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बूले आठ सय १६ मत प्राप्त गरे ।

एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए । यो निर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिस्पर्धामा थिए ।
रास्वपाका मिलन लिम्बु लगायत १६ जना उम्मेद्धवारले जमानत जोगाउन सकेनन । जमानत जोगाउन सदर मतको १० प्रतिशत मत अनिबार्य ल्याउनै पर्ने हुन्छ ।

२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि गत वैशाख १५ मा यो क्षेत्रमा उपनिर्वाचन भएको हो ।