कार्यकर्तालाई ओलीको निर्देशन ‘मुलुक मध्याबधि निर्बाचनमा जान सक्छ तयार रहनू’

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , ८ महिना अगाडि

काठमाडौँ, ६ मँसिर । मुलुक मध्याबधि निर्बाचनमा जान सक्ने अबस्था सिर्जना हुँदै गएकोले त्यसकालागी तयार रहन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता तथा कार्यकर्ताहलाई निर्देशन दिएका छन् ।आज पार्टी कार्यालय च्यासलमा बसेको छैटौँ केन्द्रीय समिति बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे केन्द्रीय सदस्यहरुलाई ब्रिफिङका क्रममा अध्यक्ष ओलीले आर्थिक, सामाजिक र सांस्कृतिक विचलन बढेको र त्यसो हुनुमा सरकार जिम्मेवार देखिएको निष्कर्ष समेत सुनाएका थिए ।
ओलीले सरकारको कार्यशैली नबदलिए सरकारविरुद्ध एमालेले चरणबद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भएको भन्दै सोही अनुसार तयारी रहन समेत नेताहरुलाई निर्देशन दिएका छन ।
त्यतिमात्रै होइन पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मुलक मध्यावधि निर्वाचनमा जानसक्ने सम्भावना रहेको भन्दै मध्यावधि निर्वाचन भए आफूहरुलाई स्वीकार्य हुने पनि बताएका छन् ।
निर्वाचन भएको एक वर्ष नबित्दै अध्यक्ष ओलीले मध्यावधि निर्वाचनको प्रशंग निकालेपछि बैठकमा सहभागी धेरैजसो केन्द्रीय सदस्यहरु अचम्मित बनेका थिए । ‘जनताको म्यान्डेट सर्वोपरि कुरा हो । हामी जनताको म्यान्डेट मान्न तयार हुनुपर्छ । यदि मध्यावधिमा जाने परिस्थिति बन्छ भने हामी तयार हुनुपर्छ’, अध्यक्ष ओलीले बैठकमा भनेका थिए ।
मध्यावधिपछि सरकारबारे बोलेका ओलीले वर्तमान सरकारले मुलुकलाई अघि लैजान नसक्ने निष्कर्ष पनि सुनाएका थिए । ‘खस्किँदो अर्थतन्त्र, अस्थिरता, अराजकता, कुशासन मौलाउनुमा सरकारकै संरक्षण देखिन्छ’, ओलीले बैठकमा भनेका थिए । यो सरकारले मुलुकलाई अगाडि लाने सम्भावना छैन कि तत्काल सच्चिनुपर्छ । यदि सच्चिँदैन भने संख्याका आडमा टिकिरहन्छु भन्ने कुरा सम्भव छैन ।’

अध्यक्ष ओलीले सरकार नसच्चिने तर टिकिरहन्छु भन्ने अवस्था आएमा सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने परिस्थिति आउन सक्ने भएकाले तयार रहनुपर्ने बताएका छन् । त्यसक्रममा उनले आफूहरु शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने भन्दै त्यसरी गरिने आन्दोलन हतियारका बलमा नहुने समेत स्पष्ट पारेका थिए ।