इलाम र बझाङ मा बैशाख १५ मा उप निर्बाचन हुने

Dipak Pudasaini Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , ५ महिना अगाडि

काठमाडौँ, १३ फाल्गुन । प्रतिनिधिसभाअन्तर्गत इलाम(२) र सूदुरपश्चिम प्रदेशसभाअन्तर्गत बझाङ(१) मा वैशाख १५ गते शनिबार उपनिर्वाचन हुने भएको छ । आइतबार बसेको निर्वाचन आयोगको बैठकले ती क्षेत्रमा वैशाख १५ गते चुनाव गराउने मिति तोकेको हो । इलाम(२) मा एमालेबाट निर्वाचित सुवासचन्द्र नेम्बाङ र बझाङ(१) मा कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन भएपछि उक्त स्थान रिक्त भएको थियो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री समेत रहेका सिंहको असार ५ मा सडक दुर्घटनामा परी निधन भएको थियो । संविधानसभाका अध्यक्ष समेत रहेका इलामका नेम्बाङको गत भदौ २६ मा निधन भएको थियो ।

स्थानीय तहमा पनि दुई दर्जन स्थान खाली छन् । आयोगले नै मिति तय गर्ने अधिकार भएकाले प्रतिनिधिसभा र प्रदेशसभाको चाहिँ चुनाव गरिहाल्ने तयारी गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए । स्थानीय तहको निर्वाचन मिति भने सरकारले तोक्ने व्यवस्था छ ।