२ सय ६६ मतान्तरले बझाङ मा एमालेका भण्डारी विजयी

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , प्रदेश , स्थानीय निर्वाचन , ३ हप्ता अगाडि

काठमाण्डौ १७ बैशाख । उपचुनाव अन्तर्गत गत बैशाख पन्ध्रगते भएको निर्बाचनमा बझाङ प्रदेशसभामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहलाई २ सय ६६ मतान्तरले हराउँदै नेकपा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका छन् ।

एमालेका भण्डारीले ११ हजार ६ सय १२ मत ल्याउँदा कांग्रेसका सिंहले ११ हजार ३ सय ४३ मत मात्रै ल्याए । यसैगरी नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८ सय ३१ मत ल्याउँदा नेकपा एसका दिलबहादुर सिंहले २ हजार ५ सय १४ मत ल्याए ।