राष्ट्रियता विरुद्ध ल्याइने संविधान संशोधन प्रस्ताव एमालेलाई मान्य नहुने : ओली

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

विराटनगर,२४ असार ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने सत्तापक्षले देशका विरुद्ध ल्याएको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नहुने चेतावनी दिएका छन । संविधान संशोधनमा सहमति जुटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता बढाइरहेका बेला प्रतिपक्ष पार्टीका अध्यक्ष ओलीको यस्तो भनाइ बाहिर आएको हो । विराटनगर विमानस्थलमा आज संचारकर्मीसंग कुरा गर्दे अध्यक्ष ओलीले राजपालाई देखाएर कांग्रेसले संबिधान संशोधनको पछि लागेर आफ्ना लागि दुई नम्बर प्रदेशको मिति आश्विनमा सारेको बताए ।

अध्यक्ष ओलीलले जनताका लागि नभई साना समुह वा गुटका लागि र राष्ट्रिय उद्देश्य बाहेकका कसैको स्वार्थका लागि गरिने संविधान संसोधनमा एमाले नझुक्ने उद्घोष गर्नुभयो । संविधान संसोधन प्रस्ताव अघि बढाउने विषय कुनै पनि अवस्थामा ठिक नभएको भन्दै उहाले क्षणिक र तत्काल सत्ता स्वार्थमा उत्ताउलो नहुन सत्तारुढ दललाई सुझाव समेत दिए ।

अध्यक्ष ओलीले सरकार प्रदेश र केन्द्रको निर्वाचन गराउने पक्षमा नभएको जिकिर गरे । संविधान कार्यान्वयनको लागि रुपान्तरित संसद राखिएको भन्दै उहाले असंबैधानिक ढंगले चल्ने अधिकार सरकारलाई पनि नभएको बताए ।

ओलीले प्रतिपक्षसँग सल्लाहसमेत नगरी सत्तापक्षले जबरजस्ती संशोधन अघि बढाए त्यसको प्रतिरोध गर्ने चेतावनी पनि दिए । उनले संविधान संशोधनको नयाँ प्रस्तावबारे छलफल गर्न एमाले तयार रहेको समेत प्रष्ट पारे