‘बाढी र डुबान प्रभावितले भोकभोकै बस्नुपर्ने अवस्था अाउदैन, उचित व्यवस्थापन गरिनेछ’ – प्रधानमन्त्री

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

नेपालगञ्ज, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकका बाढीपीडितको उचित व्यवस्थामा सबै उपाय अवलम्बन गरिने बताएका छन । बाँके, बर्दिया र कैलाली जिल्लाका बाढी प्रभावित क्षेत्रको हवाई तथा स्थलगत अवलोकन र पीडित परिवारलाई राहत वितरण गरी काठमाडौँ फर्कने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै देउवाले सरकारले बाढी प्रभावितको सुरक्षित बसोबास तथा जीविकोपार्जनलाई मुख्य प्राथमिकतामा राखेको बताए । उनले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन र दीर्घकालीन व्यवस्थापनका लागि आवश्यक गृहकार्य थालनी गरिएको पनि बताए ।
प्रधानमन्त्री  देउवाले बाढीपीडितलाई भोकै बस्ने अवस्था आउन नदिन मातहतका निकायलाई पनि निर्देशन दिएका छन । कैलालीको टीकापुर र भजनी क्षेत्रमा बाढीग्रस्त क्षेत्रको हवाई निरीक्षणपछि टीकापुरस्थित हवाई मैदानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राज्यका सबै निकाय राहत वितरणमा खटिएको जानकारी दिँदै बाढी र डुबान प्रभावितले भोकभोकै बस्नुपर्ने अवस्था नआउने विश्वास व्यक्त गरे।