पर्सामा एमालेको विजयी सुरुवात, वडाध्यक्षमा अन्सारी निर्वाचित

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

पर्सा, ३ असोज, । पटेर्वासुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा (एमाले(को समूह विजयी भएको छ । अबेर रातिदेखि शुरु भएको मतगणना बिहान सम्पन्न हुँदा वडाध्यक्षमा एमालेका अरमान मियाँ अन्सारीसहित पाँचै जना विजयी भएका छन ।

अन्सारीले आप्mना प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुलमान मियाँ दर्जीलाई १८५ मतको अन्तरले पराजित गरेको पटेर्वासुगौली गाउँपालिकाका निर्वाचन अधिकृत रामचन्द्र शर्माले जनाकारी दिए।अन्सारीले ४९० र दर्जीले ३०५ मत हासिल गरेका थिए । पटेर्वासुगौली गाउँपालिका वडा नं २ को मतगणना बिहान १० बजेदेखि शुरु भएको निर्वाचन अधिकृत शर्माले जानकारी दिए ।

यसैबीच वीरगञ्ज महानगपालिकाको मतगणना आज बिहान ११ः३० बजेदेखि वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा शुरु गर्ने सर्वदलीय सहमति भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । बत्तीस वटा वडा रहको महानगरपालिकाका १ र ३२, २ र ३१ गरी वडाका मत गन्ती गरिने दलबीच सहमति भएको छ ।