पक्राउ पर्ने डरले दीपक मनाङे सपथ लिन गएनन्

arjun Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौं,७ माघ । प्रदेशसभामा निर्वाचित दीपक मनाङे पक्राउ पर्ने डरले आज भएको सपथ ग्रहण कार्यक्रममा सहभागि भएनन।मनाङको प्रदेश ख बाट निर्वाचित भएका उनी प्रहरीले खोजि सुरु गरे पछि भूमिगत छन्। गत बुधबार सर्वोच्च अदालतले पुनरावेदन अदालतको उनलाई ५ वर्ष कैद गर्ने फैसला सदर गरेको भोलिपल्टै उनी फरार भएका हुन्।

प्रदेश ४ का प्रदेश सांसदहरुको आज पोखरामा भएको सपथ ग्रहणको कार्यक्रममा प्रहरीले मनाङेलाई पक्राउ गर्ने तयारी गरको । तर उनी गएनन ।गुन्डा नाइके मिलन चक्रे ९मिलन गुरुङ० लाई २०६१ सालमा खुकुरी हानेको घटनामा उनलाई ५ वर्ष कैद सजाय सुनाइएको थियो। जसमध्ये २ वर्ष उनी जेल बसिसकेका छन् भने अब ३ वर्ष कैद भुक्तान हुन बाँकी छ।