भोलि रकहाउस क्याफेमा मिश्रित मनोरञ्जनात्मक कार्यक्रम हुने

Dipak Pudasaini Entertainment/मनोरञ्जन , ३ वर्ष अगाडि

काठमाडौं २९ चैत्र । रकहाउस क्याफे रातोपुलमा बिबिध संगीतिक तथा मनोरञ्जनात्मक कार्यक्रम हुने भएको छ । नयाँ वर्ष २०७९ को पुर्व सन्ध्यामा ‘न्यु यअर ईभ स्पेशल प्रोग्राम २०७९’ हुन लागेको हो । चैत्र ३० गते अपरान्ह ४ बजेबाट आरम्भ हुने शुभकामना आदान प्रदान कार्यक्रममा हाँस्य कलाकार दमन रुपाखेती, र्यापर शादओ, मिना राई, कुशल बिक, राज गजमेर, दिपा पनेरु, आईतराम तामाङ, वर्षा खनाल आदिको बेजोड प्रस्तुति रहने रकहाउस क्याफेका प्रो. सुमन राईले जानकारी गराउनु भएको छ । हरियाली वातावरण, स्वादिष्ट परिकारको साथमा मदिराको चुस्किसंगै मनोरञ्जनको आनन्द लिन सकियोस भन्ने उव्देश्यले आगन्तुक पाहुनाहरुलाई कार्यक्रममा प्रवेश निःशुल्क गरिएकोे छ ।