रोल्पाको सुनिल स्‍मृति गाउँपालिका–१ स्थित घोडागाउँको जङ्गलमा रहेको रातो माटोको चौर र ससाना ढिस्को । अनौठो भू–बनोट भएकाले यस क्षेत्र आन्तरिक पर्यटकहरुका लागि पर्यटकीयस्थल बनेको छ। तस्बिरः रासस
काठमाडौं— नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको हवाई महानिर्देशनालयमा लगिएको छ। आकाशमा उड्ने हेलिकप्टर सडकमार्ग हुँदै सारिँदा आम नागरिक उत्सुकतापूर्वक हेर्दै थिए। सेनाको भद्रकालीस्थित सैनिक मुख्यालयमा प्रदर्शनका लागि
देवघाटको बेनी सङ्गममा मकर स्नान गर्न आएका भक्तजन । नवलपुर, तनहुँ र चितवन अवस्थित त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाटधाममा माघ १ गतेदेखि एक महिने मकर स्नान सुरु भएको छ ।
अर्घाखाँचीको अर्घा भगवती मन्दिरको दर्शन र पूजापछि अर्घाका स्थानीय गाइने समुदायको बाजा सारङ्गी रेट्दै पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली । तस्बिरः रासस
पाटन । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा बसमा यात्रा गरेकी छन् । राष्ट्रपति भण्डारी शनिबार साझा बसमा यात्रा गरेर ललितपुरको पिम्बहाल पुगेकी हुन् । भण्डारीलाई ल्याउन बस महाराजगन्जस्थित राष्ट्रपति भवन शितल निवास
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिका–१ मा पर्ने ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरबाट देखिएको सूर्योदय । तस्बिरः रासस
भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार निरीक्षण गर्नुहुँदै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : रासस