सेनाको हेलिकप्टर ट्रकमार्फत सडकै सडक लगियो

Bhim Thapa News/समाचार , Photo Bank , Photo Gallery , २ महिना अगाडि


काठमाडौं— नेपाली सेनाको हेलिकप्टर ट्रकमा राखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सेनाको हवाई महानिर्देशनालयमा लगिएको छ। आकाशमा उड्ने हेलिकप्टर सडकमार्ग हुँदै सारिँदा आम नागरिक उत्सुकतापूर्वक हेर्दै थिए।

सेनाको भद्रकालीस्थित सैनिक मुख्यालयमा प्रदर्शनका लागि ल्याइएको उक्त हेलिकप्टर विशेष सुरक्षाकाबीच ट्रकमा राखी विमानस्थलबाट सारिएको हो। स्थानीय तथा यात्रुहरू हेलिकप्टरलाई सडकमार्ग हुँदै लैजाँदै गरेको दृश्य अवलोकन गर्दै रमाइलो मानेका थिए।

तस्बिर : हरि लामिछाने / रासस