दोस्रो चरणको निर्वाचन तयारी पुरा ,निर्धक्क भएर निर्वाचनमा सहभागी हुन आयोगको आग्रह

arjun स्थानीय निर्वाचन , ७ वर्ष अगाडि

काठमाडौँ १३ असार ।  स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत १, ५ र ७ नम्बर प्रदेशका ३ सय ३४ स्थानीय तहमा भोलि असार १४ गते निर्वाचन हुँदैछ । आयोगले निर्वाचनका लागि बिहान ७ देखि साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । साँझ ५ बजेसम्म लाइनमा पुग्नेहरुलाई त्यसपछि पनि मतदान गर्न दिइने आयोगले जनाएको छ ।

निर्वाचनका लागि आवश्यक सामाग्रीदेखि लिएर सुरक्षाको समेत सम्पुर्ण व्यवस्था भएकाले सो समयभित्र निर्धक्क भएर निर्वाचनमा सहभागी हुन निर्वाचन आयोगले आग्रह गरेको छ । निर्वाचनका लागि सबै मतदान केन्द्रमा वृद्धवृृद्धा र अशक्तलाई प्राथमिकता दिँदै सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाईएको आयोगका सूचना अधिकारी सुर्य प्रसाद अर्यालले जानकारी दिए  ।

आज पनि मतदाता परिचय पत्र वितरण गरिदै

निर्वाचन आयोगले आज पनि फोटोसहितको मतदाता परिचय पत्र वितरण गर्दैछ । आइतबारबाट परिचय पत्र वितरण सुरु गरेको आयोगले आज साँझ ५ बजेसम्म वितरणका काम जारी राख्ने सूचना अधिकारी अर्यालले जानकारी दिनुभयो । परिचय पत्र लिन बाँकी रहेकाले आफ्नो मतदान केन्द्रबाट आजपनि परिचय पत्र लिन सक्ने आयोगले जनाएको छ ।